Friday, September 5, 2025
spot_imgspot_img
Homeराष्ट्रियजीएसआईमा नेपालले कुनै सहमति गरेको छैन : सरकारको स्पष्ट

जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन : सरकारको स्पष्ट

काठमाडौं भदौ १९ – पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा सहमति जनाएको भन्ने खबर सार्वजनिक भएपछि, सरकारले त्यसमा स्पष्ट खण्डन गरेको छ।

सरकारका अनुसार, हालै सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (SCO) प्लस शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भदौ १४ गते भएको भेटवार्तामा नेपालले GSI मा कुनै किसिमको सहमति जनाएको छैन।

परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको असंलग्न परराष्ट्र नीतिमा सरकार पूर्ण प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउँदै, संवेदनशील कूटनीतिक विषयमा आधारहिन अड्कलबाजी र भ्रम फैलाउने प्रयास नगर्न सबैलाई आग्रह गर्नुभएको छ।

सचिव राईका अनुसार दुई नेताबीचको वार्तामा GSI को औपचारिक सहमति नभई, ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (GDI) र अन्य द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा मात्र छलफल भएको हो।

नेपालले परराष्ट्र नीति सधैं सन्तुलनमा आधारित, असंलग्न र सार्वभौमिक हितका लागि अनुकूल हुने गरी सञ्चालन गर्दै आएको सरकारको स्पष्ट सन्देश छ।

सरकारले हाल फैलिएको भ्रमलाई सच्याउँदै, आम जनमानस र सञ्चारकर्मीलाई कूटनीतिक संवेदनशीलता बुझेर मात्रै टिप्पणी गर्न समेत आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments