हरि अधिकारी
देश र जनताको भबिश्य कस्तो बनाउने त्यो कहिले कुनै दल ले ब्याबहार मा देखाएनन केवल भासण मा मात्र सिमित अनि कहाँ बाट बन्छ मेरो देश…. मेरो देश मा खोलिएको पार्टी हरु केवल कमाउ धन्दा का भर्तिकेन्द्र मा मात्र सिमित बन्ला कि भन्ने मलाई चिन्ताले सताएको छ । मेरो देशमा खोलिएको दलहरुको बिधान हेर्दा र पढ्दा हामी नेपाली समृद्धि को देशमा बाच्दै छौ जस्तो लाग्छ ।
धेरै टाढा नजाउ मेरो देश मा हाम्रै पाला भएको२०४५/४६ को जन आन्दोलन ताका बाट अहिले २०८२ को दौरान सम्म यी दल का नेता हरुको वक्तव्य सुन्दा गाउँ मा साध मिचेर घर बनाएको सन्धियारिहरु झगडा जस्तो लाग्छ मलाइ । बिना उदेश्य तछाड मछाड गर्दै बाचुन जेल पार्टीको सदस्यीय बन्दै दल लाई एउटा हातले अगाडी धकेले जस्तो गर्दै अर्को हात मा सुनका फुल फुलाउन खोज्नु अनि फुल बाट फल लागे पछि आफै मात्र हसुरेको कथाहरु सुन्दा अनि मेरो देश रोहि रोहि अरु देश बात ऋण ल्याउदै अलि अलि काम गरेर प्रचार बजि धेरै गर्ने प्र विधि ले हुइकिएको मेरो देश को अन्यौलता कुहिरो मा भौतारिएको काग सरि नेता ले अब के गर्लान मेरो देश लाई ।
फालिएको ढुङ्गा बाट मुर्ति कुद्ने मेरो देश चराले बिस्ट्याको भरमा पिपल उम्रेने मेरो देश ,सगरमाथा जस्तो हिमाल भएको मेरो देश सत्य युगमा ऋषि मुनिहले तपस्या गर्ने हिमालय टाकुरा भएको मेरो देश बिश्व ले सबै भन्दा सुन्दर देश भने चिनिएको मेरोदेश आज किन हरेक नेपाली को मन भित्र मरुभूमि जस्तो लाग्न थालेको छ मेरो देश । बिश्व भित्र अरु देश ले गरेको नया बिकास हरु आवश्यकता ले मागेका प्रबिधि हरु किन सृजन गर्न सक्दैन मेरो देश ले ….
बिकशित देश्हरु ले एउटा ग्रह बाट अर्को ग्रह सम्म पुग्ने यान हरु बनाएको टुलुटुलु हेर्ने मेरो देश ले गाउँ घर तिर छिमेकी हरुको बोलचाल मा तिक्ता ल्याउने , एक नेपाली ले अर्को नेपाली लाई शत्रुको ब्याबहार गर्ने मानवताको पहिचान बाट भाग्दै आफ्नो स्वार्थमा अग्रसर बनी रहेका पार्टी र त्यसका संरक्षक हरु नेपाल र नेपाली को अलि कतिपनी चिन्ता लाग्छ भनी यो देशको परिधिभित्र रहेका नागरिक लाई एउटै धरातलमा एउटै सोचमा एउटै मान्यतामा बाच्न सिकाउदै सोच्ने क्षमता मा बिकास गरिदेउ मेरो देशको ड्राइभर हरु …..
किन भने देशमा भएका युवा जति बिदेश पलाएन भए यसरी मेरो देश का आन्कुरा हरुको बिदेश जाने होड्बाजी को भित्री कुरा यो सरकारले कहिले बुझेन किन कि सरकार को कुनै आम्दानीको आधार नभएकोले बुझेर पनि गुम्नाम छ नत्र रेमिटेन्स नभित्रीय देशमा कसरी रजाय गर्ने तेतिले नपुगेर जनता लाई पाइला पाइला म कर्ब्ले ढाड सेकाएको छ मेरो देश माजन्मेको दिन देखि बाचुन जेल सम्म कर तिनु पर्दा त ठिकै थियो मरेको पनिब्कर तिर्नु पर्छ मेरो देशमा ।
तेसैले मेरो देशको नागरिक लाई हेरे अनि यो देश हाक्ने ड्राइभर लाई हेर्दा मन भक्कानिएर आउँछ …….. जीवनको चोट र पाठ सिक्दै हाँसेको म
हरेक चोट आफैंमा एउटा किताब जस्तै हुन्छ। हरेक चोट को एउटा पाठ हुन्छ
खुट्टाको चोटले हिड्न
सिकाउँछ भने मनको चोटले
बॉच्च सिकाउँछ !
शरीरको घाउ केही दिनमै भरिन सक्छ,
तर आत्माको घाउ वर्षौंसम्म रहन्छ।
त्यो घाउ नै हाम्रो शिक्षक हुन्छ,
जसले धैर्य, मौन, सहनशीलता र जीवन बुझ्ने नजरिया दिन्छ भन्दै जीवन लाई जिवन्त राख्न एकलै भौतारी रहेको छु तर सरकार का खलासी हरु देखि यो देश को ड्राइभर सम्म मात्र को जिबिका राम्रै होला म जस्तो निम्न बर्गको नागरिक लाई भने बाच्न गारो हुने भयो मेरो प्यारो देशमा …
जब खुट्टा ठोक्किन्छ, हामी अर्को पटक ध्यान दिन्छौं,
तर जब मन ठोक्किन्छ, हामी अर्को पटक कसलाई विश्वास गर्ने,
कसलाई नजिक ल्याउने, कसरी आफ्नो हृदय जोगाउने भन्ने कुरा सिक्छौं सिक्दा सिक्दै अलपत्र हुने होकि भन्ने डर छ मेरो देशमा …..
जीवनमा अनगिन्ती चोटहरू अनिवार्य हुनुपने हो र हाम्रोजस्तो मुलुकमा भन्ने जिज्ञासा धेरै छन्,
तर तिनै चोटहरूले नै मानिसलाई सशक्त बनाउँछन्।
मनको चोटले मानिसलाई कठोर मात्र बनाउँदैन,
दयालु र करुणामय पनि बनाउँछ।
किनकि चोट पाएका मानिसले मात्र अरूको पीडा बुझ्न सक्छन्। भनेर मेरो देशको नागरिक्ले आफू र परिवार बचाउन अनेक दुख गरेर बची रहेका छन मेरो देशमा ।
त्यसैले, जीवनका प्रत्येक चोटलाई गुनासो होइन,
पाठका रूपमा लिन सिकौं भने अरुलाइ सिकाउने म आज आफै कहाँ र कुन अबस्थामा छु महसुस समेत गर्न सकेको छैन ।चोटले रुवाउँछ, तर त्यही आँसुले आत्मालाई शुद्ध पार्छ। चोटले तोड्छ, तर त्यही घाउले नयाँ शक्ति जन्माउँछ।
अनि चोटले नै बुझाउँछ— भन्दै मेरो देशको नागरिक हारु बाचेको स्थान मा म पनि बाच्ने प्रयास गरि राछु । हे यो देश्को ड्राइभर हरु हो हामी जनता कहिले सम्म यसरी बाच्ने हो भनिदे । जीवन सधैं सजिलो छैन, तर सधैं सिकाइले भरिएको हुन्छ। के हामी नेपाली को चोट जीवनको सजावट हो ? जसले मानिसलाई अझै परिपक्व, अझै गहिरो र अझै महान् बनाउँछ ” भन्दैमा मेरो देशमा शिक्षाको कारण परिवर्तन यथार्थमा कहिले होला म बारिको डिलमा हात बाधेर यस्तै यस्तै सोच्दै थिए मेरो देशमा समृद्धि को किरण साच्चिकै कहिले आउला अनि हामी जस्ता निमुखा गरिब जनता अहिले को प्रथा बाट छुट्कारा कहिले मिल्ला मेरो देश मा समृद्धि घाम कहिले पुर्ण रुपम लाग्ला र उज्यालो मा मेरो देशका नागरिकको हित होला यस्तै यस्तै सोच किन आउँछ मेरो देशमा ….. ।