Monday, September 8, 2025
spot_imgspot_img
Homeसमाजजमुनाहा नाकाबाट १५ सयभन्दा बढी महिला र बालबालिकाको उद्धार

जमुनाहा नाकाबाट १५ सयभन्दा बढी महिला र बालबालिकाको उद्धार

नेपालगन्ज भदौ २३ – नेपाल–भारत सीमामा रहेको नेपालगन्जस्थित जमुनाहा नाका हाल मानव बेचबिखनको अत्यधिक जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै सो नाकाबाट १,५३८ जना महिला र बालबालिकाको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध लामो समयदेखि क्रियाशील संस्था माइती नेपाल नेपालगन्जका अनुसार उद्धार गरिएका मध्ये ३३५ जना बाँके जिल्लाका स्थानीय हुन् । बाँकी अन्य व्यक्तिहरू विभिन्न जिल्लाबाट बेचबिखनको प्रयोजनले भारततर्फ लगिँदै गरेका अवस्थामा उद्धार गरिएको थियो ।

उद्धार गरिएकामध्ये ३३५ जना बाँके जिल्लाका हुन्। बाँकी अन्य विभिन्न ठाउँबाट भारततर्फ लगिँदै गर्दा रोकेर फिर्ता पठाइएको हो।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था माइती नेपालका अनुसार, बाँके जिल्लाको कोहलपुर, बैजनाथ, नेपालगन्ज, खजुरा, राप्तीसोनारी, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकाबाट धेरै महिला र बालबालिका बेचिने खतरा बढ्दो छ।

संस्थाका संयोजक केशव कोइरालाले बताएअनुसार, गएको आर्थिक वर्षमा हराएका महिला र बालबालिकाका लागि ८३३ वटा निवेदन परेका थिए, तर तीमध्ये ४३७ जना मात्र फेला परेका छन्। बाँकीको खोजी अझै चलिरहेको छ। बाँके जिल्लाबाट हराएका ११९ जनामध्ये ११४ जना भेटिएका छन्।

उनका अनुसार अहिले सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग बढेसँगै मानिस बेच्ने तरिका पनि बदलिँदै गएका छन्। यसले समस्यालाई थप जटिल बनाएको छ।

बाँके र बर्दिया जिल्लालाई मानव बेचबिखनको उच्च जोखिम भएको क्षेत्रका रूपमा चिनिएको छ। पहिले यस्ता ठाउँहरू केवल मानिस पार गर्ने बाटो मात्र थिए, तर अहिले यिनै ठाउँका महिला र बालबालिका बढी बेचिने खतरामा पर्ने गरेका छन्।

माइती नेपालको तथ्याङ्क अनुसार, बेचबिखनमा पर्नेहरूमा सबैभन्दा धेरै ब्राह्मण र क्षेत्री समुदायका छन्। त्यसपछि दलित, जनजाति र आदिवासी समुदायका छन्। १४ वर्षदेखि ४० वर्ष उमेर समूहका महिलाहरू विशेष रूपमा बढी प्रभावित हुने गरेको पाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments