Friday, October 31, 2025
spot_imgspot_img
Homeसमाजरामपुर खानेपानी संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित

रामपुर खानेपानी संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित

रामपुर पाल्पा – रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनामा उहाँले नेपाली कांग्रेसका उम्मेदवार हजुल मियाँलाई १९४ मतले हराएर जित हासिल गर्नुभयो । भट्टराईले १,३०६ मत प्राप्त गर्नुभयो भने मियाँले १,११२ मत पाउनुभयो। उहाँ नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको संयुक्त प्यानलबाट उम्मेदवार हुनुभएको थियो ।

अध्यक्ष बाहेकका पदहरूमा भने नेपाली कांग्रेसका उम्मेदवारहरूले जितेका छन् । उपाध्यक्षमा कांग्रेसकी विष्णुमाया ढकाल १,२२५ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रेमप्रकाश श्रेष्ठले १,१०१ मत पाउनुभयो । सचिवमा नीलकण्ठ पोखरेल १,२३७ मतसहित विजयी हुनुभयो भने उनका प्रतिस्पर्धी कृतिनाथ श्रेष्ठले १,०३६ मत पाउनुभयो । कोषाध्यक्षमा भोजराज भट्टराईले १,४५० मत ल्याएर सबैभन्दा धेरै मतले विजयी हुनुभयो। उनका प्रतिस्पर्धी खेमराज घिमिरेले ८२८ मत पाउनुभयो ।

सदस्यमा विष्णुप्रसाद आचार्य, मुना थापा, राजकुमार श्रेष्ठ, सरस्वती डोटेल र टेकबहादुर विश्वकर्मा विजयी हुनुभयो । लेखा समितिमा दुर्गाप्रसाद पोखरेल संयोजकमा निर्वाचित हुनुभयो। सदस्यहरूमा कमल आचार्य र मञ्जु भट्ट क्षेत्री निर्वाचित हुनुभएको छ।

ब्लक संयोजक तर्फ विभिन्न वडाबाट छ जना निर्वाचित भएका छन्। ब्लक नं. १, ३, ४ र ६ मा कांग्रेसका उम्मेदवारहरू जित्दा, ब्लक नं. २ र ५ मा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन् । निर्वाचनमा ३,६८४ जना मतदातामध्ये २,५८८ जनाले मतदान गरेका थिए । यो संस्था रामपुर नगरपालिका वडा नं. ४, ५, ६ र ७ का बासिन्दालाई खानेपानी सेवा पुर्‍याउँदै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments