Tuesday, September 16, 2025
spot_imgspot_img
Homeसमाजस्रोत नखुलेको साढे सात लाख रुपैयाँसहित तीन युवा पक्राउ

स्रोत नखुलेको साढे सात लाख रुपैयाँसहित तीन युवा पक्राउ

नेपालगन्ज भदौ ३०- बाँकेको कोहलपुरबाट प्रहरीले स्रोत नखुलेको साढे सात लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, आइतबार बेलुका कोहलपुर नगरपालिका–२ स्थित सालको बुटा भन्ने स्थानबाट ती तीन युवालाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूबाट रु ७,५५००० (साढे सात लाख रुपैयाँभन्दा बढी) फेला परेको हो ।

प्रहरी नायव उपरीक्षक (प्रनाउ) लक्ष्मी खनालका अनुसार पक्राउ परेकामध्ये दुई जना कोहलपुरका र एक जना नेपालगन्ज निवासी हुन् ।

“स्रोत नखुलेको रकमसहित पक्राउ परेका ती युवाहरूको बारेमा थप अनुसन्धान भइरहेको छ,” प्रनाउ खनालले जानकारी दिनुभयो, “अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments