Tuesday, March 3, 2026
spot_imgspot_img
Homeराष्ट्रिय‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

काठमाडौं, भदौ ३० –‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्नुभएको हो।
शोक दिवस कुन मितिमा मनाउने भन्ने विषयमा भने चाँडै मन्त्रिपरिषद्बाट निर्णय गरिने उहाँले जानकारी दिनुभयो।

काजकिरिया खर्च र शव व्यवस्थापन

गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारलाई काजकिरिया खर्चस्वरूप प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराइने निर्णय पनि गर्नुभएको छ। त्यसैगरी, मृतकको शव घर–ठेगाना सम्म पुर्‍याउने जिम्मेवारी सरकारले लिनेछ।

“शोक व्यक्त गर्नु मात्र होइन, पीडित परिवारसँग राज्यको साथ र संवेदना प्रकट गर्नुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो, “सरकारले पीडितप्रति संवेदनशीलता देखाउनेछ।”

मन्त्रालयमा स्वागत

पदभार ग्रहणका क्रममा मन्त्री अर्याललाई गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, र निमित्त राष्ट्रिय अनुसन्धान निर्देशक लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेबित्तिकै मन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएकाप्रति राज्यस्तरीय सम्मानका साथ संवेदना प्रकट गर्न कदम चाल्नु भएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments