Monday, December 15, 2025
spot_imgspot_img
Homeस्थानीयबाँकेमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ११०० प्रहरी परिचालन

बाँकेमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ११०० प्रहरी परिचालन

नेपालगन्ज असोज ९- दसैं, तिहारजस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागू गरेको छ। उक्त योजनाअन्तर्गत जिल्लाभर १,१०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीका अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका भीडभाड हुने क्षेत्रहरूमा मोबाइल तथा पैदल गस्तीलाई तीव्र बनाइएको छ।

“सर्वसाधारणले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको हो,” डिएसपी पातलीले भन्नुभयो।

सुरक्षा योजना अन्तर्गत ड्रोन क्यामेराबाट निगरानी बढाइएको छ भने भारतबाट आउने यात्रुहरूलाई लक्षित गरी सीमा नाका र बसपार्कहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

शान्ति सुरक्षामा खलल पुग्ने, होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरी उपद्रव मच्चाउनेविरुद्ध कडा निगरानी र कारबाहीको चेतावनी प्रहरीले दिएको छ।

यातायात व्यवस्थापनलाई सहज बनाउन ट्राफिक र जनपद प्रहरीको संयुक्त टोलीले सवारी साधनको चेकजाँच र निगरानी सुरु गरेको छ।

डिएसपी पातलीका अनुसार तीव्र गति, ट्राफिक नियम उल्लंघन र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई तत्काल कारबाही गरिनेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार ७५ जना ट्राफिक प्रहरी परिचालित गरिएका छन्।

“लामो दूरीका सवारीमा एकभन्दा बढी चालक छन् वा छैनन् भन्ने पनि जाँच भइरहेको छ,” प्रहरी निरीक्षक पन्तले बताउनुभयो।
त्यसैगरी, लागू पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा सवारी साधन र चालकलाई आवश्यक कारबाही गरिने जनाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments