Thursday, October 30, 2025
spot_imgspot_img
Homeस्थानीयमुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयको अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयको अनुगमन

नेपालगञ्ज  असोज ७- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनको क्रममा बाँकेमा सरकारी कार्यालयमा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

भदौ २४ गते भएको हिंसात्मक घटनापछि मङ्गलबार बाँकेका विभिन्न सरकारी तथा राजनीतिक कार्यालयहरूको स्थलगत अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले दोषीमाथि कडा कारबाही आवश्यक रहेको बताएका हुन्।

“जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुःख र पीडा दिने कार्य दण्डहिनताको गम्भीर उदाहरण हो। यस्ता कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गरी प्रदेशमा सुशासन कायम गर्नुपर्छ,” उनले भने।

मुख्यमन्त्री आचार्यले नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका तथा प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूको समेत अनुगमन गरेका छन्।

प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार, मुख्यमन्त्रीले क्षतिको विवरण संकलन गर्नुका साथै प्रदेश सरकारले जलेका र क्षतिग्रस्त कार्यालयहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुने जानकारी दिँदै भने, “कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि अस्थायी रूपमा टेन्ट टाँगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।”

उनका अनुसार, जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँकेमा मात्र नभई प्रदेशभर करिब २ सयभन्दा बढी कार्यालयमा क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमान अनुसार प्रदेशभर दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

स्थलगत अनुगमनमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल लगायत अन्य पदाधिकारीहरूको समेत सहभागिता थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments