बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा ७०औं प्रहरी दिवसको अवसरमा एक विशेष समारोह सम्पन्न भएको छ। समारोहमा प्रहरी प्रमुख अंगुर जिसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका क्रममा प्रहरी चौकी सम्झनालाई जग्गा तथा घर वडा कार्यालयको तर्फबाट प्रदान गरिएको योगदानका लागि वडा अध्यक्ष भुपाल पुन मगरलाई सम्मान ग्रहण गर्ने अवसर प्राप्त भएको थियो।
कार्यक्रमको सफल आयोजनामा सम्झना प्रहरी चौकीका इन्चार्ज धन ब. थापाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। उनले प्रहरी–सामुदायिक सम्बन्ध मजबुत बनाउन यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।


