Thursday, October 30, 2025
spot_imgspot_img
Homeसमाजऐरावतीमा सहकारीमार्फत खसीबोका विक्री, किसानहरू उत्साहित

ऐरावतीमा सहकारीमार्फत खसीबोका विक्री, किसानहरू उत्साहित

प्युठान असोज  १० – ऐरावती गाउँपालिकाका किसानहरूले यस वर्ष पहिलो पटक सहकारीमार्फत तौलका आधारमा खसीबोका विक्री गरेका छन्। यो प्रणाली लागू भएपछि किसानहरू आफूले पालेका खसीबोकाको उचित मूल्य पाएको अनुभव गर्दै खुसी व्यक्त गरेका छन्।

स्थानीय तहको सहकार्यमा ‘हेफर परियोजना’ अन्तर्गत चाडपर्व लक्षित गरेर खसीबोका बिक्रीको यो पहल गरिएको हो। बिक्रीका क्रममा ऐरावती गाउँपालिकाले किसानलाई प्रतिकेजी २५ रुपैयाँ नगद अनुदानसमेत उपलब्ध गराएको छ।

गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले किसानले उत्पादन गरेका वस्तु खेर नजाओस् भन्ने उद्देश्यले पालिका सदैव उनीहरूको साथमा रहेको स्पष्ट पार्नुभयो। उहाँले भने, “किसानलाई उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियामा सहजीकरण गर्दै आएका छौँ, अब व्यावसायिक कृषिमा रुपान्तरणको बाटो खुल्नेछ।”

पालिका भित्र गठन भएका ५२ वटा समूहको प्रतिनिधित्वमा सहकारीमार्फत कृषि उत्पादनको मूल्य निर्धारण र बजारीकरणको काम अघि बढाइएको छ। कोसेली घरको व्यवस्थापनसमेत ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्थाले गर्दै आएको छ, जसले स्थानिय उत्पादनलाई बजारसम्म पुर्‍याउने सेतुको काम गरिरहेको छ।

सहकारीका अध्यक्ष कमला घर्तीका अनुसार हालसम्म ५६ लाख ६९ हजार ११० रुपैयाँ बराबरको खसीबोका विक्री भइसकेको छ। जिउँदो खसीबोका तौलअनुसार मूल्य निर्धारण गरिएको छ — ३० किलोभन्दा कम तौल भएका खसीबोकाको प्रतिकेजी ४६० रुपैयाँ र ३० किलोभन्दा बढी तौल भएका खसीबोकाको प्रतिकेजी ५१० रुपैयाँ तोकिएको छ।

यस प्रकारको सहकारी प्रणालीमार्फत गरिएको खसीबोका विक्रीले किसानको आत्मविश्वास बढाएको छ भने स्थानीय आर्थिक चक्रलाई समेत सक्रिय बनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments