बाँके
“स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ ४५औं विश्व खाद्य दिवस–२०८२ बैजनाथ गाउँपालिकामा उत्साहपूर्वक मनाइएको छ।
कार्यक्रम गाउँपालिका कृषि विकास शाखाका प्रमुख प्रमोद कुमार विश्वकर्माको अध्यक्षता तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा बैजनाथ–१ का वडा अध्यक्ष रुप बहादुर मल्ल, वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नं. ५ का अध्यक्ष देब बहादुर रावत, वडा नं. ७ का अध्यक्ष दिनेश थारु, वडा नं. ५ का सदस्य दिप बहादुर थापा, वडा नं. ६ का सदस्य खुशिराम थारु, कारितासका प्रतिनिधि हरि ढकाल, नवयुग व्यवस्थापक धन बहादुर थापा, गेट नेपाल लालपुरका प्रतिनिधि ईन्द्र थापा लगायत स्थानीय कृषकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमका क्रममा खाद्य सुरक्षा, पोषणयुक्त आहार र स्थानीय उत्पादन प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले खाद्य सुरक्षा सुनिश्चित गर्न उत्पादनमा विविधता, आधुनिक प्रविधिको प्रयोग र स्थानीय तहको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।


