Sunday, November 9, 2025
spot_imgspot_img
Homeराष्ट्रियराैतहटको गुजरामा एमालेको सभा प्रभु साहमाथि हत्या र भ्रष्टाचारको आरोप

राैतहटको गुजरामा एमालेको सभा प्रभु साहमाथि हत्या र भ्रष्टाचारको आरोप

प्रेमचन्द्र झा
अशाेज ०८ गते/रौतहट ।छठ पर्वको पावन अवसरमा शनिबार गुजरा नगरपालिका–५ भवानीपुरमा नेकपा (एमाले) रौतहट क्षेत्र नं. ३ द्वारा आयोजित “जनतासँग भेटघाट तथा शुभकामना कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, पार्टी नेता–कार्यकर्ता र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहमाथि तीव्र प्रहार गर्दै उनलाई रौतहटको पछौटेपनको मुख्य कारणका रूपमा चित्रित गरे। उनीहरूले शिक्षा, स्वास्थ्य, बिजुली र सडकजस्ता आधारभूत पूर्वाधारको विकास एमालेकै नेतृत्वमा सम्भव भएको भन्दै साहमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाए।

कार्यक्रमका केही वक्ताहरूले अतीतका विवादास्पद घटनाहरू उठाउँदै शिक्षक सुनिल यादव र काशीनाथ तिवारी लगायतका हत्या प्रकरणमा पनि प्रभु साहको संलग्नता रहेको आशयका टिप्पणी गरे। उनीहरूको भनाइ थियो, “यी घटनामा साहको प्रत्यक्ष वा परोक्ष भूमिका रहेकामा जनता विश्वस्त छन्, तर अहिलेसम्म निष्पक्ष छानबिन हुन सकेको छैन।”

स्थानीय नेताहरूले साहमाथि राजनीतिक आवरणभित्र आपराधिक मानसिकता लुकाउने, अकुत सम्पत्ति आर्जन गर्ने र जनताको डर प्रयोग गरी सत्तामा टिक्न खोज्ने आरोप लगाए। कार्यक्रममा बोलेका नेताहरूले भने, “यदि प्रभु साहसँग नैतिकता छ भने आफ्नी श्रीमतीले एमालेबाट जितेको पदबाट राजीनामा गर्न लगाऊन् र आफ्ना सम्पत्ति तथा विगतका विवादास्पद प्रकरणहरूको खुला छानबिन गराउन आह्वान गरुन्।”

वक्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै भने, “ओलीजस्तो नेता जसले आफ्नो सम्पत्ति मृत्यु पश्चात राष्ट्रको नाममा समर्पण गर्ने घोषणा गरे, त्यसरी नै पारदर्शी बन्न सक्ने साहस प्रभु साहमा छैन।”

गुजरामा आयोजित सो कार्यक्रममा सहभागी जनताले भ्रष्टाचार, भय र आपराधिक राजनीतिबाट मुक्त भई विकासमुखी राजनीतितर्फ अघि बढ्न आह्वान गरेका थिए। उता, जसपा अध्यक्ष प्रभु साहले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
एमाले गुजरा नगर कमिटी अध्यक्ष जयराम चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुन्दन कुशवाहा,पुर्व केन्द्रीय सदस्य उपेन्द्र साह, मधेस प्रदेस सभा सदस्य केशव राय,मधेस प्रदेस सभा पुर्व सदस्य नागेन्द्र यादव,जिल्ला अध्यक्ष सचितानन्द साह,जिल्ला सचिव बाबुराम दहाल, उपाध्यक्ष रुपेश पटेल,महिला नेत्री हिरा खपाङ्गी,अवधेश यादव,शेख एकरामुल,राेशन मोक्तान ,शेख जमालुदिन,कलिमउल्लाह मन्सुरी सहितका वक्ताले बोलेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments