कोहलपुर : एपिवान टेलिभिजनले आयोजना गरेको एक्टिङ स्टार सिजन-१,बिजेता नबिना रानाभाटलाई सोमबार संचारिका समूह बाँकेले बधाई तथा सम्मान गरेको छ।
कोहलपुर–११ स्थित घैटो लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा महिला सञ्चारकर्मीहरूले रानाभाटको सक्रियता, प्रेरणा र उपलब्धिलाई बधाई एवं सम्मान ब्यक्त गरेको हो।
कार्यक्रमको अध्यक्षता संचारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले गर्नुभएको थियो भने कोहलपुर नगरपालिकाकी उप–प्रमुखको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा बोल्ने वक्ताहरूले नबिना रानाभाटले प्रथम एक्टिङ स्टारको उपाधी जितेर बिजेता बन्न सफल भएकोमा बधाई कार्यक्रम आयोजना गरेको हो। एपिवान टेलिभिजनले आयोजना गरेको रियालिटी शो एक्टिङ्ग स्टार सिजन १ बिजेता नबिनालाई गृहजिल्लालाई देश बिदेशमा चिनाउन योगदान, गरि नारीको आवाज बुलन्द पार्न गरेको प्रयास र कलाकारिता क्षेत्रमा पुर्याएको समर्पणको प्रशंसा गरेका थिए।
उनी कलाकारमा कर्मठ, निडर र प्रेरणादायी पात्रका रूपमा स्थापित भएर छिट्टै ठुलो पर्दामा देख्न पाउने बाँके बासिको सपना पूरा गर्न यो सम्मानले प्रेरणा सहित उर्जा थपेको उनको भनाई रहेको छ।
कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संचारिका समूह बाँकेले आगामी दिनमा पनि जिल्लाभित्रका महिला कलाकार सञ्चारकर्मीहरूको योगदानलाई उजागर गर्दै सम्मानजनक पहिचान विस्तार गर्ने प्रतिवद्धता जनाएको छ।
उक्त कार्यक्रमको संचालन संचारिका समूह बाँकेका धना के सी ले गर्नुभएको सदस्य जनता रैकाले जानकारी दिनुभयो ।


