Saturday, November 1, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाप्रधानाध्यापक मंगल खत्रीले विद्यालयलाई दिए नयाँ उर्जा

प्रधानाध्यापक मंगल खत्रीले विद्यालयलाई दिए नयाँ उर्जा

बाँके । बैजनाथ गाउँपालिका–६ स्थित ईश्वरी माध्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका प्रधानाध्यापक मंगल बहादुर खत्रीका अनुसार सो कार्यक्रम विद्यार्थी, शिक्षक र कर्मचारीहरूको संयुक्त सहभागितामा सम्पन्न भएको हो।

प्रधानाध्यापक खत्रीले विद्यालयको नेतृत्व सम्हालेको केवल एक महिनाभित्रै विद्यालयको गतिविधिमा उल्लेखनीय परिवर्तन देखिएको बताउनुभयो। उहाँका अनुसार विद्यालयमा भौतिक संरचना सीमित भए पनि सकारात्मक सोच र सहकार्यको भावना मार्फत विद्यालयको वातावरणमा नयाँ ऊर्जा आएको छ।

सरसफाइ कार्यक्रमका क्रममा विद्यार्थी, शिक्षक र कर्मचारी सबै एकैसाथ जुटेका थिए। विद्यालय प्राङ्गण सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने र कक्षा कोठाहरू सरसफाइ गर्ने कार्यमा सबैको उत्साही सहभागिता थियो। सो दृश्य हेर्दा कुनै सार्वजनिक सरसफाइ अभियान जस्तै देखिने विद्यालय समुदायको एकताले स्थानीय अभिभावकहरूमा खुशीको लहर फैलाएको छ।

बैजनाथ–६ का स्थानीयवासी समेत रहेका प्रधानाध्यापक खत्रीले विद्यालयप्रति विशेष चासो देखाइरहनुभएकोले अभिभावकहरूले उहाँको कार्यप्रति सन्तुष्टि र भरोसा व्यक्त गरेका छन्।

खत्रीले भने, “नतिजा आउन केही समय लाग्छ, अहिले डेस्क–बेन्चको अभाव छ, तर हामी अतिरिक्त क्रियाकलापमार्फत विद्यालयमा नयाँ ऊर्जा ल्याउने प्रयासमा छौँ। आगामी दिनमा स्थानीय सरकार र सम्बन्धित निकायको सहकार्यमा भौतिक संरचना निर्माण भए शैक्षिक गुणस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्य छ।” विद्यालयका शिक्षकहरूले पनि विद्यालयमा नयाँ नेतृत्व आएपछि अनुशासन, समयपालन र सहकार्यमा सुधार आएको बताएका छन्।

बैजनाथ गाउँपालिकाको शिक्षा शाखाले हालै विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम अघि सारेको र सोही सन्दर्भमा ईश्वरी माध्यमिक विद्यालयले उदाहरणीय सुरुवात गरेको स्थानीयहरू बताउँछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments