Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजप्रादेशिक कृषि प्राविधिक कार्य समुह बैठक सम्पन्न

प्रादेशिक कृषि प्राविधिक कार्य समुह बैठक सम्पन्न

नेपालगन्ज कार्तिक २४- बाँकेको खजुरामा प्रादेशिक कृषि प्राविधिक कार्य समुह बैठक सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश खजुरा बाँकेको आयोजनामा सोमबार भएको कार्यक्रममा सहभागीहरुले कृषि विकासमा चुनौती थपिने क्रम बढ्दो मात्रामा रहेको बताएका थिए । प्रादेशिक कृषि प्राविधिक कार्य समुह बैठकलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कृषि अनुसन्धान परिषद् योजना महाशाखा प्रमुख टेक प्रसाद गोतामेले पछिल्ला दिनमा कृषिमा आधुनिकीकरण बढ्दै जाँदा यसको व्यवस्थापनमा विशेष ध्यान दिन पर्नेमा जोड दिए । महाशाखा प्रमुख गोतामेले गरेको काम प्रभावकारी हुने गरी सम्बन्धित कार्यालयले समन्वय र रिपोर्टिङ समेत समयमै गर्न अनुरोध गरे । प्रमुख गोतामेले कृषि प्राविधिक र किसानको सम्बन्ध साथी जस्तो हुनुपर्ने उल्लेख गरे ।


उनले स्थानीय तहसंग सहकार्य गरेर कृषि सम्बन्धी गतिविधि गर्न अनुरोध गरे । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा.समिद अहमदको अध्यक्षतामा भएको कार्यसमुह बैठकमा उनले कृषि विकासको सवालमा सबै संग समन्वय गर्न तयार रहेको बताए । विशिष्ट अतिथिका रुपमा रहेका पशुपन्छी तथा मतस्य विकास निर्देशनालय बुटवलका पशु विकास निर्देशक श्रवण कुमार चौधरीले डिजिटल एग्रीकल्चर तिर कृषि तथा पशुविकासका कार्यक्रमहरू विकास गर्न जरुरी रहेको बताए । कृषि प्राविधिकहरु बीच गरिएको अनुभव आदान प्रदान, देखिएका समस्या र सुझाब संकलन समेत गरिएको थियो । सहभागीहरुले कृषि क्षेत्रको विकासका लागि सरकारी निकायले नै नमूना फार्म विकास गरी किसानलाई सिकाई प्रदान गर्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नार्कद्वारा विकसित प्रविधिहरूको प्रस्तुति र कृषि अनुसन्धान, प्रसार र शिक्षा बीचको समन्वयमा नार्कको भूमिका विषयमा प्रस्तुति र छलफल गरिएको थियो । यस्तै लुम्बिनी प्रदेश भित्र कृषि सम्बन्धी अनुसन्धानमुलक समस्याहरू तथा कृषि अनुसन्धान निर्देशनालयको भूमिका एवं आगामी कार्यदिशा, पशुपन्छी सम्बन्धी अनुसन्धानमुलक समस्याहरू तथा पशु अनुसन्धान, पसार र शिक्षा बीचको समन्वयमा निर्देशनालयको भूमिकाका विषयमा प्रस्तुति र छलफल गरिएको थियो । लुम्बिनी प्रदेशमा रहेका कृषि तथा पशुपन्छी सम्बन्धी कार्यालय, अनुसन्धान मुलक कार्य गर्ने कार्यालय, स्थानीय तहमा रहेका कार्यालय, कृषि सम्बन्धी काम गर्ने संस्था लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments