Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियभायानेट अब क्रिकेट मैदानमा, चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर

भायानेट अब क्रिकेट मैदानमा, चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर

काठमाडौं कार्तिक २४- देशभरका लाखौं घरहरूलाई विश्वसनीय इन्टरनेट सेवामार्फत जोडिरहेको भायानेट अब खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थितिलाई विस्तार गर्दै क्रिकेट मैदानसम्म पुगेको छ। कम्पनीले नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजसँग ‘कनेक्टिभिटी पार्टनर’को रूपमा सहकार्य गरेको हो।

शुक्रबार आयोजित एक विशेष कार्यक्रममा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा। आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग–२०२५ आगामी मंसिर १ देखि २७ गते ९ नोभेम्बर १७ देखि डिसेम्बर १३० सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडीका रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा भायानेटका उपाध्यक्ष श्रेष्ठले, “हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो। यो हाम्रो समाज र नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ। खेलकुदले इन्टरनेटले जस्तै मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ।”

भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख हिस्सा बनाउँदै आएको छ। यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो। यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ समेत सार्वजनिक गरेको थियो।

चितवन राइनोजसँगको यस साझेदारीमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरूलाई एकैसाथ जोड्ने डिजिटल सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments