Tuesday, November 18, 2025
spot_imgspot_img
Homeसमाजसोमबार सुन सस्तियो, चाँदी महँगियो

सोमबार सुन सस्तियो, चाँदी महँगियो

काठमाडौँ मंसिर १ – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन आज तोलामा ५ सय रुपैयाँले सस्तो बनेको हो। आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ४२ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments