Tuesday, November 18, 2025
spot_imgspot_img
Homeसमाजबाँकेमा मोटरसाइकल–बस ठोक्किँदा एक जनाको निधन

बाँकेमा मोटरसाइकल–बस ठोक्किँदा एक जनाको निधन

नेपालगन्ज मंसिर १ – बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयामा सोमबार बिहान भएको भीषण सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बिहान करिब सवा ७ बजे कोहलपुरबाट काठमाडौंतर्फ गइरहेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस एक–अर्कामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक कञ्चनपुर पुर्नवास–९ घर भई हाल बर्दिया गुलरिया–६ बुद्ध टोल बस्ने ४४ वर्षीय कृष्ण घर्ती क्षेत्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर ल्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक र बसलाई नियन्त्रणमा लिएर अगैयास्थित प्रहरी चौकीमा राखिएको छ । मृतकका आफन्तसँग सम्पर्क नभएकाले शव अस्पतालमै राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments