शिवानी विक कोहलपुर मंसिर ९– डिसेम्बर २५ अर्थात आजबाट सुरु भएको छ देशभर ‘लैङ्गिक हिंसा सचेतना सप्ताह’, । कोहलपुर नगरपालिकाको भवनअगाडि झुण्ड्याइएको ठूलो ब्यानरले घोषित गरिरहेको थियो– “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः आजबाट सुरू” ।
आजबाट सुरू भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कोहलपुर नगरपालिकाले ¥र्यालीको आयोजना गरेको थियो । सडकभरि विभिन्न संस्थाका महिला पदाधिकारीहरु हिँडिरहेका थिए । दृश्य सुन्दर थियो त्यो भीडलाई ध्यानपूर्वक हेर्दा एउटा कुरा झनै प्रष्ट देखिन्थ्यो—पुरुषहरू कमै थिए र तेस्रोलिङ्गी समुदाय त कतै देखा नै परेनन् ।
यतिधेरै “लैङ्गिक न्याय” का नारा उठिरहँदा पनि भीडको स्वरूप एकै दिशामा ढल्किएको थियो–महिलामात्र ।
उक्त ¥र्यालीमा सहभागि शंखर न्यौपाने भन्छन्, “लैङ्गिक हिंसा त हामी पुरुषमाथि पनि हुन्छ । तर यस्तो ¥र्यालीमा हामीलाई कमै बोलाउछन् । सहभागि जनाए पनि विषय महिला हिंसायमै सिमित हुन्छ” ।
कोहलपुरमा हरेक डिसेम्बर २५ लाई भव्यताका साथ मनाउछ तर, पुरुष, तेस्रोलिङ्गी वा अन्य लिङ्गीय पहिचानका समुदायलाई कहिल्यै सहभागी गराएको देखिदैन । उनिहरु भन्छन् जो सहभागिता हुन पर्ने हो उनिहरुको आवाजलाई समेटिदैन ।
सिमित रहन्छ महिला हिंसा अन्त्य गर् ।
¥र्याली अगाडि बढ्दै थियो, बाजा बजाउँदै, नाराहरू घन्काउँदै, रङ्गीन झण्डाहरू हल्लाउँदै, पुरुष, तेस्रोलिङ्गी वा अन्य लिङ्गीय पहिचानका व्यक्तिहरुले त्यो आवाज संग आवाज मिसाउने अधिकार पाएनन् ।
गीत–संगीत र नारा–जुलुसले सडक भरिएको थियो, तर अभियानको परिधि भने अझै पनि एकै पक्षमुखी मात्र देखिन्थ्यो । नगरपालिकाले यो अभियानलाई सबै लिङ्गीय समुदायका लागि भनेर घोषणा गरेको थियो । ब्यानरमा ठूलो अक्षरमा लेखिएको थियो, “प्रविधिको सहि प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ”
तर ¥र्यालीको स्वरूपले भने कहिल्यै पनि ‘सबै’ भन्ने शब्दलाई न्याय दिन सकेन । कार्यक्रम सकिएपछि सहभागीहरू चिया पिउन रोकिए। केहीले फोटो खिचे, केहीले फेसबुक लाइभ गरे । तर पुरुष, तेस्रोलिङ्गी वा अन्य लिङ्गीयहरूले त्यो ¥र्यालीमा न त प्रतिनिधित्व गर्न पाए, न सम्बोधन ।
आज कोहलपुरको सडकमा ¥र्याली चलेको थियो–जोश, नारा र प्रतिबद्धतासहित । तर मानिसहरूको मनमा भने एउटै प्रश्न उब्जिएको थियो– “लैङ्गिक न्याय सबैका लागि भनिन्छ, तर सहभागीता र आवाज किन अझै पनि अपूरो छ?” यो प्रश्नको उत्तर भने न प्रतिनिधत्व गर्नेले दिए न विज्ञले ।
लैङ्गिक हिंसा भन्नाले व्यक्तिको महिला, पुरुष, तेस्रोलिङ्गी वा अन्य लिङ्गीय पहिचानका आधारमा गरिने दमन र नियन्त्रणका सबै रूप समेटिन्छ । सामाजिक, मानसिक, यौनिक, आर्थिक वा पारिवारिक–निर्णयमा थोपर्ने दबाबसमेत यसको बृहत् परिभाषाभित्र पर्दछन् ।
पछिल्लो समय नेपालमा देखिने घटनाहरूको संख्या हेर्दा महिलामाथि हुने हिंसा बढी दर्ता भएको पाइएको छ । अधिकारकर्मीहरूका अनुसार परम्परागत सोच, घरायसी भूमिकामा महिलालाई सीमित राख्ने संस्कार तथा आर्थिक निर्भरता नै महिलामाथि हिंसा बढ्ने प्रमुख कारण बनेका छन् ।
तर यसले पुरुष तथा अन्य लैङ्गिक अल्पसंख्यकहरू हिंसाबाट सुरक्षित छन् भन्ने अर्थ लिँदैन । मनोवैज्ञानिक र सामाजिक दबाब, भावनात्मक दमन तथा व्यवहारिक बहिष्कार पुरुषहरूमा पनि समान रूपमा देखिने गरेको विज्ञहरू बताउँछन् । “केटा भएर किन रोएको?” जस्ता सामाजिक टिप्पणीले पुरुष पीडितलाई चुप लाग्न बाध्य बनाउने गरेको उल्लेख गरिन्छ ।
तेस्रोलिङ्गी समुदायमाथिको हिंसा भने अझै कम मात्रै सार्वजनिक हुने मुद्दा हो । उजुरी दर्ताको कठिनाइ, परिवारले अस्वीकार गर्ने प्रवृत्ति र कार्यस्थल तथा सार्वजनिक स्थानमा हुने भेदभावले उनीहरूलाई दोहोरो जोखिममा पारेको उजुरीसमेत सप्ताहको पहिलो दिन प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले भने कानुन कडा गर्दै, स्थानीय तहसँग समन्वयमा सजगता कार्यक्रम विस्तार गरेर लैङ्गिक हिंसा न्यूनीकरणमा जोर दिएको जनाएको छ । तर अधिकारकर्मीहरू व्यवहारिक कार्यान्वयन अझै कमजोर रहेकाले पीडितहरू सुरक्षित वातावरणमा पुग्न नसक्ने अवस्था कायमै रहेको दाबी गर्छन् ।
सप्ताहभरि देशभर सार्वजनिक संवाद, विद्यालयस्तरका अभियान र समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन हुन्छ । लैङ्गिक हिंसालाई महिला हिंसाको रूपमा सीमित नराखी, सबै लिङ्गीय पहिचानलाई सुरक्षा र सम्मान दिलाउने नीतिगत तथा सामाजिक परिवर्तन नै दीर्घकालीन समाधान हो ।


