Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाआरम्भ चौतारी लघुवित्तको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

आरम्भ चौतारी लघुवित्तको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  • अनमोल दलामी /बैजनाथ गाउँपालिका–५,आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सम्झाचोकद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मंगलबार कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।
    आर्थिक सुदृढीकरण, बचत प्रवर्द्धन र उद्यमशीलता विकासका उद्देश्यले गरिएको कार्यक्रममा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिएको थियो।
    कार्यक्रमको अध्यक्षता केन्द्रिय कार्यालयअन्तर्गत जोखिम व्यवस्थापन विभागमा कार्यरत महेन्द्र आचार्यले गर्नुभयो।

उहाँले जोखिम व्यवस्थापन, कर्जाको सदुपयोग, दुरुपयोगबाट हुन सक्ने क्षति तथा वित्तीय अनुशासनका विषयमा अभिमुखीकरण गराउँदै लघुवित्त कार्यक्रमहरू समुदाय विकासमा प्रभावकारी माध्यम बनेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले महिलाले आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै आरम्भ चौतारी लघुवित्तले गरेको यस्तो पहलले महिलालाई वित्तीय रूपमै बलियो बनाउने र सफल उद्यमी बन्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले लघुवित्त संस्थाको निरन्तर सहयोग र मार्गदर्शनले महिलाहरूलाई योजनाबद्ध आर्थिक व्यवहार तथा व्यवसायिक सोच बनाउन सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि बैजनाथ गाउँपालिका–६ का वडाध्यक्ष भुपाल पुन मगरले योजनाबद्ध बचत, नियमित आम्दानी–खर्च व्यवस्थापन र कर्जाको उचित प्रयोगले परिवार तथा समाजमा सकारात्मक परिवर्तन आउने बताउनुभयो।

त्यसैगरी अतिथिका रूपमा सहभागी सम्झाचोक प्रहरी चौकी इन्चार्ज धनबहादुर थापाले वित्तीय सचेतना बढ्दा सामाजिक तथा पारिवारिक सुरक्षामा समेत सुधार आउने भन्दै यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमको सञ्चालन सम्झाचोक शाखाका अनुगमन अधिकृत भगवती खरेलले गर्नुभएको थियो। कार्यक्रममा सहभागीलाई शाखा प्रमुख तुलछी कुमारी पातली बोहोराले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूलाई,आम्दानी–खर्च व्यवस्थित गर्ने तरिका,बजेट निर्माण प्रक्रिया,बचतको आवश्यकता र दीर्घकालीन योजना,कर्जा किन–कसरी प्रयोग गर्ने,कर्जा दुरुपयोगले निम्त्याउन सक्ने जोखिम
जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालन गरेको उक्त कार्यक्रम महिलाको आर्थिक सशक्तिकरण तथा उद्यमशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको प्रमुख अतिथी रोकायले बताउनुभएको भगवती खरेलले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments