कोहलपुर-नमूना विद्या सदन ईङ्लिस मिडियम माध्यमिक विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रम–२०८२ शुक्रबार विद्यालय प्राङ्गणमा एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ। विद्यार्थीको प्रतिभा, अनुशासन तथा खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा कोहलपुरका शाखा प्रमुख रविलाल मिजारले पानसमा दियो बालेर गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिजारले खेलकुद शारीरिक विकाससँगै मानसिक सुदृढताको पनि आधार भएको बताउँदै विद्यालयले निरन्तरता दिएको खेलकुद गतिविधिको प्रशंसा गर्नुभयो।
कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यकारी निर्देशक शिवप्रसाद डाँगीले गर्नुभएको थियो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक सुदन गुरुङले खेलकुद कार्यक्रम विद्यार्थीको अनुशासन, क्षमता तथा नेतृत्व विकासको अवसर भएको बताए। कार्यक्रममा विशेष अतिथि वडा सदस्य दीपबहादुर बुढाठोकी, संस्थापक सदस्य कृष्ण जीसी, अभिभावक, समुदाय, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
विद्यार्थीहरु द्वारा मार्चपास लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।विद्यालयका अनुसार, यस वर्षको खेलेकुद प्रतियोगिता विद्यार्थीहरूलाई अझ उत्साहित, अनुशासित र प्रेरित बनाउनेगरी विविध खेल विधासहित सञ्चालन गरिएको छ। उद्घाटन कार्यक्रम छात्रा पुर्णिामा शर्माले संचालन गर्नुभएको प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो ।
फोटो फिचर



