Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजबैजनाथमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको स्वागत

बैजनाथमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको स्वागत

बैजनाथ, बाँके -बैजनाथ गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत  कमलराज उपाध्यायलाई  औपचारिक रूपमा स्वागत गरिएको छ।

बिहिवार पदस्थापन हुनुभएका उपाध्यायलाई गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा शुक्रबार आयोजित विशेष स्वागत तथा परिचयात्मक कार्यक्रममार्फत स्वागत गरिएको हो।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ अधिकृतलाई गाउँपालिकाको संरचना, चलिरहेको विकास गतिविधि, सेवा प्रवाहको अवस्था तथा आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो।

अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन, सुशासन र सेवा प्रवाह अझ प्रभावकारी र चुस्तदुरुस्त हुने विश्वास व्यक्त गर्नुभयो।
नवनियुक्त अधिकृत उपाध्यायले पनि सहकार्य, पारदर्शिता र नागरिक–मैत्री सेवालाई प्राथमिकता दिई कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम अन्त्यमा सबै सहभागीहरूले नयाँ अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको सूचना अधिकृत तप्तराज आचार्यले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments