नेपालगन्ज,मंसिर । नेपालगञ्जमा ११ स्वयंसेविका सम्मानित २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगञ्जमा आयोजित विशेष समारोहमा वार्ड नं. ३ की शिवसेविका तथा समाजसेवी आशादेवी बैश्य सहित १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सम्मानित भएका छन्। स्वास्थ्य सेवा, जनचेतना विस्तार र समुदायमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका स्वयंसेविकाहरूलाई उच्च मनोबल वृद्धि उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ। यसै समारोहमा लामो समयदेखि सक्रिय रहँदै सेवाबाट विदाइ हुनुभएकी नारायणी रुपा खेतीलाई ‘विदाइ तथा विशेष सम्मान’ प्रदान गरिएको छ।
मातृ–शिशु स्वास्थ्य, खोप अभियान, स्वास्थ्य परामर्श र आपतकालीन परिस्थितिमा उहाँले पु¥याइरहेको योगदानकै कदरस्वरूप सम्मान गरिएको कार्यक्रम संयोजकहरूले बताए। सम्मान कार्यक्रमका प्रमुख अतिथिमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, तथा स्वास्थ्य महाशाखाका रामबहादुर चन्द्र उपस्थित रहेका थिए। साथै अन्य स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रम अझै भव्य बनेको थियो।

वक्ताहरूले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सुरक्षा र सुधारका मुख्य आधार भएको उल्लेख गर्दै निरन्तरको सेवा, समर्पण र त्यागका लागि धन्यवाद व्यक्त गरे। स्थानीय तहले आगामी १५ दिनसम्म स्वयंसेविकाहरूको भूमिकालाई अझ प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्य सचेतना तथा सम्मान अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने योजनासमेत जानकारी गराइएको छ। कार्यक्रम सम्पन्न गर्दै आयोजकहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानले समुदायलाई स्वस्थ, सचेत र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै निरन्तर सहयोग र सेवा–भावना यस्तै रहिरहोस् भन्ने कामना व्यक्त गरेका छन्।


