Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथकामा सम्पन्न पुर्णिमा मेला: हजारौँ दर्शक 

बैजनाथकामा सम्पन्न पुर्णिमा मेला: हजारौँ दर्शक 

कुशल दलामी
बाँके – बैजनाथ गाउँपालिकाका रामपुर र बैरहवा दुबै स्थानमा आयोजना गरिएको पुर्णिमा रात्री मेला–२०८२ यस वर्ष थप भव्य र सफल रूपमा सम्पन्न भएको छ। हजारौँ दर्शकले दुबै मेलाको अवलोकन गरेका थिए भने स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी र विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरूले मेलालाई थप आकर्षक बनाएको थियो।

मेलामा राखिएको कृषि प्रदर्शनीले किसान, विद्यार्थी र युवाहरूलाई आधुनिक कृषि उपकरण, बीउ–बिजन, पशुपालन तथा नयाँ प्रविधिबारे जानकारी प्रदान गरी विशेष आकर्षण पायो। सांस्कृतिक झाँकी, स्थानीय नाच–गान, लाईभ दोहोरी र राष्ट्रिय कलाकारहरूको प्रस्तुति मेलाको केन्द्रबिन्दु बनेका थिए।

रामपुर पुर्णिमा मेला–२०८२ का सांस्कृतिक संयोजक सन्त कुमार विश्वकर्माका अनुसार मेलामा करिब ५० लाखभन्दा बढीको कारोबार भएको छ। स्टल, व्यापार, खाद्य बिक्री, खेलकुद तथा विभिन्न गतिविधिबाट भएको कारोबारले मेलाले स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको आयोजकले बताए।

मेलामा राष्ट्रिय कलाकार बद्री पंगेनी, टीका पुन, शंकर सुनार, प्रकाश सोनी लगायतका कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षण बनेको थियो। यस्तै, पञ्चेबाजा, ख्याली, लहरे पैसेरी, मयुर नाच, दुर्लभ खाँडो नाचजस्ता परम्परागत कार्यक्रमले मेलाको वातावरण उत्साहपूर्ण बनाएको थियो।

स्थानीय सरकारका प्रतिनिधिहरूका अनुसार मेला महोत्सवले बैजनाथको पर्यटन प्रचार–प्रसारलाई नयाँ उचाई प्रदान गरेको छ। आगामी दिनमा स्थानीय कलाकार तथा उत्पादनलाई प्राथमिकता दिँदै प्रतियोगितात्मक कार्यक्रम, सांस्कृतिक मंच र कृषि उद्यमशीलतालाई जोड दिने योजना रहेको बताइएको छ।

दुवै मेला सफलतापूर्वक सम्पन्न भएसँगै बैजनाथमा पर्यटन, सांस्कृतिक जगेर्ना र स्थानीय व्यापारिक गतिविधिमा नयाँ सम्भावना खुलेको देखिएको छ।

Oplus_131072
Oplus_131072
Oplus_131072

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments