Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजगोवामा भीषण आगलागी: २५ जनामध्ये चार नेपालीको मृत्यु

गोवामा भीषण आगलागी: २५ जनामध्ये चार नेपालीको मृत्यु

काठमाण्डाै मङ्सिर २२- भारतको गोवामा अवस्थित एक रात्रि क्लबमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने २५ जनामध्ये चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ। गोवाका अधिकारीहरूको जानकारी उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको मृत्यु भएको उल्लेख गरेको हो। तर उनीहरूको स्थायी ठेगाना भने खुल्न बाँकी छ।

शनिवार राति गोवाको अर्पोरास्थित ‘बिर्च बाई रोमियो लेन’ रात्रि क्लबमा आगलागी हुँदा २० जना होटल कर्मचारी र ५ जना पर्यटक गरी २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ग्यास सिलिन्डर विस्फोट नै आगलागीको मुख्य कारण भएको अनुमान गरिएको छ।

घटनापछि प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ। साथै क्लबका मालिक तथा कार्यक्रम आयोजकहरूविरुद्ध एफआईआर दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments