Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजअण्डाको भाउ दस दिनमै फेरि वृद्धि, उपभोक्तामाथि थप भार

अण्डाको भाउ दस दिनमै फेरि वृद्धि, उपभोक्तामाथि थप भार

काठमाडौँ मङ्सिर २२-  कुखुराको अण्डाको मूल्य पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले १० दिनअघि मात्रै भाउ बढाएपछि फेरि भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँले थप वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ दरअनुसार सबैभन्दा ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ५८० रुपैयाँ, ठूलो अण्डाको ५६५ रुपैयाँ, र मध्यम अण्डाको ५५० रुपैयाँ तोकिएको छ। यो मूल्य फार्मस्तरको थोक मूल्य हो।

खुद्रामा पुग्दा मूल्य अझै बढ्ने भएकाले काठमाडौँका पसलहरूमा अण्डाको खुद्रा मूल्य प्रतिगोटा २२ देखि २५ रुपैयाँ सम्म पुगेको छ।

यसअघि मङ्सिर १३ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको थियो। लगातार मूल्य वृद्धि हुनुको कारण उत्पादन कमी र माग वृद्धि भएको सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार जाडो याममा अण्डाको माग स्वाभाविक रूपमा बढ्ने तथा पछिल्ला महिनाहरूमा भारतीय अण्डाको अवैध आयात रोकिएपछि नेपाली अण्डाको मूल्य बढ्ने अवस्था बनेको हो।

नेपालमा दैनिक झण्डै ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments