Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजसुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाण्डौ मंसिर २२ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय पाँच रुपैयाँ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments