शिवानी विक नेपालगन्ज पुस १ – बाँके इसाई समाजका जिल्ला अध्यक्ष शेरबहादुर बोहराले ख्रिष्टमसले समाजमा एकता, सहिष्णुता र मानवताको सन्देश प्रवाह गर्ने बताएका छन् । ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धर्म फरक भए पनि मानवता सबैको साझा मूल्य भएको उल्लेख गरे ।
उनले ख्रिष्टमस पर्वले शान्ति, आपसी सद्भाव र सह–अस्तित्वलाई मजबुत बनाउने काम गर्ने बताउँदै यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा कोहलपुर ईसाई समाजका अध्यक्ष बालकृष्ण विकले ख्रिष्टमस इसाई समुदायको मात्र पर्व नभई सम्पूर्ण समाजलाई प्रेम, सहिष्णुता र आपसी सम्मानको सन्देश दिने अवसर भएको बताए । उनले सबै समुदायको सहभागिताले मात्र यस्ता कार्यक्रम अझ प्रभावकारी बन्ने उल्लेख गरे ।
त्यसैगरी कार्यक्रम व्यवस्थापक नोखराज रावतले ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । पुष २ गते बुधबार बिहान १० बजेदेखि कोहलपुरको न्यूरोडदेखि विद्युत रोड हुँदै पुनः न्यूरोडमै कोणसभा गरिने बताए । सो अवसरमा बृहत ¥याली निकालिने र कोण सभा गर्दै विभिन्न समुदायको साँस्कृतिक प्रस्तुती रहने जानकारी दिए ।
आयोजक बाँके इसाई समाजले ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।


