Friday, December 19, 2025
spot_imgspot_img
Homeसमाजबर्दियाबाट चार महिलासहित पाँच केन्द्रीय सदस्य निर्वाचित

बर्दियाबाट चार महिलासहित पाँच केन्द्रीय सदस्य निर्वाचित

बर्दिया पुस ४- बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।

बर्दियाबाट निर्वाचित हुनु हुने केन्द्रीय सदस्यहरूमध्ये चार जना महिला हुनुहुन्छ भने लेखा आयोगको सदस्यसमेत महिला निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमा निर्वाचित हुनुहुनेमा खड्कबहादुर खड्का, शोभा ज्ञावली, विमला वि।क।, बिना ज्ञावली र कृष्णी थारू केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी लेखा आयोग सदस्यमा विमला केसी हुनुहुन्छ । केन्द्रीय सदस्यमा निर्वाचित खडकबहादुर खड्का र शोभा ज्ञावली यस अघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने बिमला बि।क। निर्वाचन आयोग सदस्य हुनुहुन्थ्यो । त्यसैगरी कृष्णी थारू लुम्बिनी प्रदेश सभाकी पूर्व उपसभामुख हुनुहुन्थ्यो ।

यसअघि बर्दिया जिल्लाबाट यती धेरै सङ्ख्यामा महिला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थिएन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments