काठमाण्डौ पुष ४ – बाक्लो हुस्सुका कारण मौसम नखुलेपछि रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।
उडान प्रभावित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुपर्यो । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुग्दै हुनुहुन्छ ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएपछि उहाँ आज रुपन्देही जान लाग्नुभएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने आठ महिनादेखि थुनामा हुनुहुन्छ । उहाँले बिगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गर्नुभएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शर्तसहित उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।


