Wednesday, March 4, 2026
spot_imgspot_img
Homeस्थानीयवडा अध्यक्ष कप : क्वाटरफाइनल सम्पन्न

वडा अध्यक्ष कप : क्वाटरफाइनल सम्पन्न

बर्दिया : बार्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा जारी तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन । १० टिमले सहभागिता जनाएको उक्त खेलले क्वाटरफाइनलका समिकरण पुरा गरेको हो । एफ.सी. डाँफे स्पोट्र्स क्लबको आयोजना तथा वडा नम्बर १ को सहकार्यमा भइरहेको फुटबल खेल प्रतियोगितामा सेमि फाइनलमा वडा नम्बर १ को ए र बि दुवै टिम पुगेको छ । यस्तै वडा नम्बर २ र वडा नम्बर ३ सेमिफाइलन प्रवेस गरेको क्लवका अध्यक्ष विकल सिंहले जानकारी दिए । भोली सेमि फाइनल खेलहरु सम्पन्न गरिने अध्यक्ष सिंहले जानकारी दिएका छन । सोमबार सम्पन्न वडा नम्बर १ (ए) र वडा नम्बर ५ विच भएको खेलमा २ – ० को अन्तरले १ नम्बर वडा विजयी भएको थियो । १ नम्बर वडाका अनिस सिंहले खेल अवधिभर २ गोल गर्दै टिमलाई विजयी गराए । यस्तै, अर्को खेलमा वडा नम्बर २ र वडा नम्बर ४ विच प्रतिस्पर्धा भएको थियो । जसमा वडा नम्बर २ का खेलाडी विकास घर्तिमगरले गरेको १ गोल नै निर्णायक बन्यो । मंगलबार हुने सेमिफाइनल खेल वडा नम्बर १ (ए) र वडा नम्बर ४ विच हुने आयोजकले जनाएका छन । दोस्रो सेमिफाइनल खेल बुधबार वडा नम्बर १(बि) र वडा नम्बर ३ विच हुनेछ । तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा विजेता हुने टिमले पुरस्कार स्वरुप नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेता हुने टिमले १५ हजार रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सिंहले जनाए । प्रतियोगिताको १६ गते शुक्रबार सहिद दिवसको दिनमा फाइनल खेल खेलाइने जनाइएको छ । खेल माघको ९ गतेदेखि शुरु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments