Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियनेकपा बाँके ३ मा निर्वाचन परिचालन कमिटी गठन

नेकपा बाँके ३ मा निर्वाचन परिचालन कमिटी गठन

बाँके । प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि.एम.लाई विजयी गराउने उद्देश्यले शनिबार खजुरामा पार्टीको क्षेत्रीय भेला सम्पन्न भएको छ। भेलाले ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
उम्मेदवार जि.एम.को प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाली कम्युनिस्ट पार्टीले केन्द्रिय सदस्यदेखि वडा तहसम्म व्यापक जनपरिचालन गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीका युवा नेता राजकुमार बी.केको संयोजकत्वमा क्षेत्रीय कमिटी गठन गरिएको छ भने स्थानीय तहमा ५१ सदस्यीय कमिटी निर्माण गरिएको आईटी तथा प्रचारप्रसार सह–संयोजक कुशल दलामीले जानकारी दिनुभयो।
उहाँका अनुसार खजुरा गाउँपालिका–४ (खजुरा), खजुरा–१, बैजनाथ गाउँपालिका–५ (जि गाउँ) तथा जानकी गाउँपालिका अन्तर्गत खजुरा खुर्दमा निर्वाचन परिचालन कमिटीका सचिवालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिइनेछ।


लामो समयदेखि राजनीतिमा सक्रिय, इमान्दार र कर्मठ व्यक्तित्व दिपक जि.एम.लाई नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको भन्दै उहाँलाई विजयी गराउने विषयमा शनिबार दिउँसो व्यापक छलफलसमेत सम्पन्न भएको छ।
पार्टीले आगामी दिनमा घरदैलो, कोणसभा तथा जनसम्पर्क कार्यक्रमलाई अझ सशक्त बनाउँदै बाँके क्षेत्र नं. ३ मा जनमत आफ्नो पक्षमा पार्ने लक्ष्य लिएको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments