Thursday, March 5, 2026
spot_imgspot_img
Homeसमाजबाँके क्षेत्र नं.३ मा एमाले उम्मेदवार सुमन मल्लको घरदैलो तीव्र

बाँके क्षेत्र नं.३ मा एमाले उम्मेदवार सुमन मल्लको घरदैलो तीव्र

बाँके : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमन मल्ल यतिबेला घरदैलो कार्यक्रममा सक्रिय देखिनुभएको छ।
घरदैलो अभियानअन्तर्गत खजुरा गाउँपालिका–६ सिमलघारी पुगेका उम्मेदवार मल्लले स्थानीयवासीका समस्या, आवश्यकता र सुझाव संकलन गर्दै आफू निर्वाचित भए स्थानीय विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका विषयमा प्रभावकारी पहल गरिने बताउनुभयो।


कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य किस्मत कुमार कक्षपतीलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मल्लको उम्मेदवारीले क्षेत्रको समग्र विकासमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरेका छन्।
नेकपा एमालेले बाँके क्षेत्र नं.३ मा घरदैलो, जनभेटघाट तथा प्रचार–प्रसार कार्यक्रमलाई अझ तीव्र बनाउँदै लगेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments