Thursday, March 5, 2026
spot_imgspot_img
Homeराष्ट्रियरेडियो नेपालकर्मी खान सम्मानित

रेडियो नेपालकर्मी खान सम्मानित

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’ को अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कुवरले शिक्षा मानव उत्कृष्टताको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामार्फत अनुशासित र सक्षम नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताउनुभयो।

विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले शैक्षिक गुणस्तर, अनुशासन र सह–पाठ्यक्रम गतिविधिमा एपीएफ स्कुलको पहिचान स्थापित हुँदै गएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल कक्षा १० सम्म पठनपाठन भइरहेको र विद्यालयमा ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा अभिभावक माया बुढाथोकी, बलबहादुर विष्ट लगायतलाई उत्कृष्ट अभिभावकको सम्मान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, मानबहादुर शाही, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments