Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथका किसानलाई घरबगैंचा तालिम सम्पन्न

बैजनाथका किसानलाई घरबगैंचा तालिम सम्पन्न

बाँके, बैजनाथ। बैजनाथ गाउँपालिका–३ मा आयोजित दुई दिने घरबगैचा तालिम समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहको अध्यक्षता वडा नं. ३ का अध्यक्ष निखिल बैगार ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही को उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा रहनुभएको थियो।
‘घरबगैचा विकास आत्मनिर्भर प्रयास’ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा कृषकहरूलाई पोषण, बाली व्यवस्थापन, नर्सरी स्थापना, एकीकृत शत्रुजीव व्यवस्थापन लगायत १६ वटा विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा प्रशिक्षकका रूपमा प्रमोद कुमार विश्वकर्मा, बिष्णुमाया मल्ल, बालकिसुन थारु, मोतिराम थारु, सचिन मेघनाथ तथा अन्जु सिंहले सहजीकरण गर्नुभएको थियो।
तालिममा जम्मा २६ जना कृषकको सहभागिता रहेको थियो, जसमा ९ जना पुरुष र १७ जना महिला कृषकको उपस्थिति उल्लेखनीय रहेको आयोजकले जनाएको छ। समापन समारोहका अवसरमा सहभागी कृषकहरूलाई २६ थान सिंचाइ सामग्री (हजारी) प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष शाहीले वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले घरबगैचा कार्यक्रमले परिवारको पोषण स्तर सुधार गर्नुका साथै आर्थिक आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्नुभयो। वडा अध्यक्ष बैगारले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न कृषकहरूलाई आग्रह गर्दै पालिकाले कृषि क्षेत्रको आधुनिकीकरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
घरबगैचा तालिमले स्थानीय कृषकहरूलाई उत्पादन वृद्धि, पोषण सुधार तथा आयआर्जनमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments