Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियजाजरकोटमा चर्चा : फेरि शक्तिलाई नै केन्द्रमा

जाजरकोटमा चर्चा : फेरि शक्तिलाई नै केन्द्रमा

जाजरकोट — शक्ति बहादुर बस्नेतले नै यसपटकको निर्वाचन जित्ने चर्चा जिल्लाभर फैलिएको छ। चिया चौतारा, गाउँघर र बजार क्षेत्रमा बस्नेतको पक्षमा खुलेर बहस भइरहेको देखिन्छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका बस्नेत केन्द्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। “अरू नेता ठीकै भए पनि बस्नेतजस्तो केन्द्रमा पहुँच र पावर कसैको छैन,” भन्ने धारणा मतदातामाझ सुनिन थालेको छ।
विगतमा विभिन्न मन्त्रालय सम्हाल्दै राष्ट्रिय स्तरमा पहिचान बनाएका बस्नेतले जिल्लाका ठूला योजनाहरू अघि बढाएको समर्थकहरूको दाबी छ। त्यसैले विकासको निरन्तरता र केन्द्रसँग बलियो समन्वयका लागि फेरि शक्तिलाई नै केन्द्रमा पठाउनुपर्ने आवाज बलियो बन्दै गएको स्थानीयहरू बताउँछन्।
अब सबैको नजर मतदान र अन्तिम नतिजातर्फ केन्द्रित भएको छ। जाजरकोटको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ, त्यसको टुंगो भने मतगणनापछि मात्र लाग्नेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments