Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके ३“स्थानीयको रोजाइमा दिपक जि.एम."

बाँके ३“स्थानीयको रोजाइमा दिपक जि.एम.”

बाँके – नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) ले चुनावी अभियानको प्रारम्भिक चरणमै भेटघाटलाई तीव्रता दिएका छन्। आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको र बोलेको कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लामो आश्वासनभन्दा काममा विश्वास गर्ने बताएका छन्।
बाँके–३ अन्तर्गत बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका का २ वडा गरी कुल २४ वडा समेटिएका छन्। यस क्षेत्रमा करिब १ लाख १७ हजार मतदाता रहेको र ८० देखि ९० हजार मत खस्ने अनुमान गरिएको छ।
मुख्य प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले सहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यसैबीच, नेपाली काँग्रेसका उम्मेदवार अमर सिंह पुनलाई सुर्य रेग्मीले समर्थन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती शाहले स्वतन्त्र उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवार दिपक जि.एम.लाई समर्थन गरेपछि उनको पक्ष झनै मजबुत देखिएको छ।
सोमबार बैजनाथ गाउँपालिका–२ डिगिया मा गरिएको घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। स्थानीय मतदाताको उत्साहपूर्ण उपस्थितिले बैजनाथ क्षेत्रमा जि.एम.को बलियो उपस्थिति रहने आकलन गरिएको छ।
उम्मेदवार जि.एम.ले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा “आफ्नो अमूल्य मत खेर नफाल्न” आग्रह गर्दै स्थानीय नेतृत्वलाई रोज्न अपिल गरेका छन्। स्थानीयदेखि केन्द्रसम्म सहज पहुँच र समन्वयकारी भूमिकाका आधारमा उनले मतदातासँग तारा चुनाव चिन्हमा मत दिन आग्रह गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments