Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियपाण्डे (जेम्स) को कोहलपुर–१३ मा घरदैलो

पाण्डे (जेम्स) को कोहलपुर–१३ मा घरदैलो

बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी ले कोहलपुर नगरपालिका–१३ का भैरया र सिम्री गाउँ–टोलमा घरदैलो अभियान सम्पन्न गरेको छ।
घरदैलोका क्रममा पाण्डे स्थानीय बासिन्दाको घर–घरमा पुगेर प्रत्यक्ष संवादमा जुटेका थिए। उनले जनताका समस्या, गुनासा र सुझाव सुन्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।
उनले क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। जनताबाट निर्वाचित भए पारदर्शी र उत्तरदायी ढंगले काम गर्दै नागरिकको जीवनस्तर उकास्ने विश्वाससमेत दिलाए।
अभियानका क्रममा स्थानीयले खानेपानी, सडक, स्वास्थ्य सेवा र शिक्षासम्बन्धी माग राखेका थिए। पाण्डेले ती विषयलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिएका छन्।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको सक्रिय सहभागिता रहेको थियो। पार्टीले आगामी निर्वाचन लक्षित गर्दै अभियानलाई थप तीव्र बनाउने जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments