Thursday, March 5, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा नेकपाको घरदैलो, ‘तारा’मा मतदान गर्न श्रेष्ठको अपिल

बाँके–३ मा नेकपाको घरदैलो, ‘तारा’मा मतदान गर्न श्रेष्ठको अपिल

बाँके क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। नेपाली कम्युनिस्ट पार्टी ले उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि एम) लाई विजयी गराउने लक्ष्यसहित घरदैलो अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ। शनिबार नेतृ रन्जिता श्रेष्ठ बैजनाथ गाउँपालिका ७ पेडारी स्थित थारु बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो।
घरदैलोका क्रममा नेतृ श्रेष्ठले दिपक जि एमको जित सम्पूर्ण थारु समुदाय, अल्पसंख्यक, जनजाति, महिला, दलित, मधेसी तथा सिमान्तकृत वर्गको साझा जित हुने दाबी गर्नुभयो। “दिपक जि एम ले जित्नु भनेको जनताको जित हो,” भन्दै उहाँले चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउन अपिल गर्नुभयो।
अभियानमा समानुपातिक उम्मेदवार मन्जु कोईराला र जामिया खातुन, केन्द्रीय सदस्य नारायणी ओली, नेता रेनुका खड्का, सुन्दर योगी, प्रदीप बि.क., सुशील लामिछानेसहित स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको नेकपा बैजनाथ सह–संयोजक सुन्दरमान विश्वकर्माले जानकारी दिनुभयो।
नेतृ श्रेष्ठले देशभर नेकपाको लहर चलेको दाबी गर्दै बाँके–३ मा दिपक जि एमको जित सुनिश्चित रहेको बताउनुभयो। साथै बर्दिया जिल्ला का क्षेत्र नम्बर १ र २ मा पनि नेकपाले विजय हासिल गर्ने दाबी गर्नुभयो।
यसैबीच, समानुपातिक उम्मेदवार मन्जु कोईरालाले वर्तमान राजनीतिक अवस्था प्रति असन्तुष्टि जनाउँदै अबको स्पष्ट विकल्प नेकपा नै भएको जिकिर गर्नुभयो। भ्रष्टाचार र जनअपेक्षा विपरीत काम गरेको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेस र नेकपा एमाले लाई मतमार्फत पराजित गर्नुपर्ने धारणा राख्नुभयो।
बाँके–३ मा चुनाव नजिकिँदै जाँदा नेकपाले घरदैलो, कोणसभा र जनभेटघाट कार्यक्रमलाई थप सशक्त बनाउने रणनीति लिएको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments