बाँके:नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जि।एम।ले नेपालगन्ज उपमहानगर पालिका वडा नं १६ र १७ को भौतिक पूर्वाधार विकासमा आफूले महत्वपूर्ण पहल कदमी लिने प्रतिबद्धता जनाएका छन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत जन भेटघाटमा पुगेका जि।एम।ले सो क्षेत्रको भौतिक पूर्वाधार विकास , युवाहरू लाई रोजगार तथा स्वरोजगार का साथै व्यवसायिक कृषिको विकासमा आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन । उनले यस क्षेत्रमा कृषिको प्रचुर सम्भावना भएको भन्दै युवाहरू लाई कृषिमा जोड्न आफूले भूमिका खेल्ने बताए ।
आफूले यस क्षेत्रको समस्या बारे राम्रो जानकार रहेकाले यस क्षेत्रको समग्र विकासमा आफूले पहल कदमी उनको भनाई छ ।
उनले भूमिहीन सुकुम्बासीका समस्याको दिगो समाधानका लागी नीतिगत सुधार लगायतका काम गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय उम्मेदवार र सामाजिक व्यक्ति भएको नाताले नेकपा उम्मेदवार दीपक जि।एम।का पक्षमा जनलहर देखिएको छ । स्थानीय उम्मेदवार , नेकपाको बलियो साङ्गठनिक अवस्था रहेकाले आफू विजय हुनेमा ढुक्क रहेको उम्मेदवार जि।एम।ले बताए ।
नेकपाले २४ वटै वडाहरुमा घरदैलो तथा जनभेटघाट लाई तिब्रता दिएको छ ।


