काठमाडौं – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक Vianet Communications Limited ले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्या समाधान गर्ने उद्देश्यले ‘WiFi 6’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
![]()
कम्पनीका अनुसार आजको डिजिटल युगमा घरभित्र एकैसाथ धेरै उपकरण प्रयोग हुने अवस्थालाई ध्यानमा राखेर यो प्रविधि ल्याइएको हो। पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने दाबी गर्दै यसले लेटेन्सी न्यून गरी मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ तथा अफिसको कामलाई सहज बनाउने जनाएको छ।
भायानेटले २५० Mbps देखि ६०० Mbps सम्मका ‘WiFi 6’ प्याकेज उपलब्ध गराएको छ। २५० Mbps गतिको वार्षिक योजना रु. १३,८०० (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ। साथै वार्षिक योजना लिने ग्राहकले थप १ महिना इन्टरनेट सेवा निःशुल्क पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


