Thursday, March 26, 2026
spot_imgspot_img
Homeसमाजकोहलपुरमा ‘सकारात्मक अभिभावक शिक्षा’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

कोहलपुरमा ‘सकारात्मक अभिभावक शिक्षा’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज — कोहलपुर नगरपालिका वडा नं. १ स्थित कृष्ण माध्यमिक विद्यालय, कौशिल्यानगरमा ‘सकारात्मक अभिभावक शिक्षा’ सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
समाज सुधार कार्यक्रम नेपाल, कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै समाज सुधार नेपालका अध्यक्ष बबर जंग शाहीले अभिभावकको व्यवहार र सोचले बालबालिकाको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै सकारात्मक अभिभावकत्व आजको आवश्यकता भएको बताए । उनले भने, “हामीले बालबालिकालाई पढाइमा मात्र सीमित नराखी उनीहरूको भावना, सोच र सिर्जनशीलतालाई पनि बुझ्नुपर्छ ।

यस्तै उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्री प्रसाद जैसीले बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । उनले भने “विद्यालयले शिक्षा दिन्छ, तर संस्कार र व्यवहारको आधार घरबाट सुरु हुन्छ,” ।

विद्यालयका प्रधानाध्यापक दिलीप वलीले अभिभावकहरूलाई विद्यालयसँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै, “बालबालिकाको प्रगति शिक्षकको जिम्मेवारी मात्र नभई, अभिभावकको सक्रिय सहभागिता बिना पूर्ण नहुने बताए ।
समाज सुधार संस्था कार्यक्रम निर्देशक लोकेन्द्र सुनारले सकारात्मक लालनपालनका व्यवहारिक उपायहरू प्रस्तुत गर्दै अभिभावकलाई दण्डभन्दा संवाद र समझदारीको माध्यम अपनाउन सुझाव दिएका छन् । यस्तै संस्थाका सचिव शंकर न्यौपानेले बालमैत्री वातावरण निर्माणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै, खेल शिक्षक महेश थापाले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिभावकलाई खेलकुदप्रति पनि ध्यान दिन आग्रह गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments