Wednesday, April 1, 2026
spot_imgspot_img
Homeयुनिक गतिबिधिनवप्रतिभा समूह द्वारा अवलोकन भ्रमण सम्पन्न

नवप्रतिभा समूह द्वारा अवलोकन भ्रमण सम्पन्न

बाँके, बैजनाथ : नवप्रतिभा मध्यवर्ती महिला सामुदायिक उपभोक्ता समूह, बैजनाथ–४ बानियाभारले अध्यक्ष भगवती शाहको नेतृत्वमा आइतबार दैलेख जिल्लाको गुराँसे क्षेत्रसम्म अवलोकन भ्रमण सम्पन्न गरेको छ। भ्रमणमा समूहका पदाधिकारी तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
अवलोकन भ्रमणका क्रममा टोलीले गुराँसे क्षेत्रका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अध्ययन अवलोकन गरेको थियो। भ्रमण टोलीले गंगामाला देउती बज्यै मन्दिर, प्रादेशिक शहिद पार्क, वनस्पति उद्यान तथा बुलबुले ताल लगायतका स्थानहरूको स्थलगत अवलोकन गरेको हो।
भ्रमणका क्रममा त्यहाँको पार्क व्यवस्थापन, हरियाली संरक्षण, पूर्वाधार विकास, सरसफाइ तथा आन्तरिक पर्यटन प्रवर्द्धनका अभ्यासहरूबारे जानकारी लिइएको अध्यक्ष भगवती शाहले बताउनुभयो। उहाँका अनुसार अवलोकन भ्रमण अत्यन्तै फलदायी भएको र सिकाइ तथा अनुभव आदान–प्रदानले आगामी योजनाहरू बनाउन प्रेरणा मिलेको छ।
अध्यक्ष शाहले आगामी दिनमा नवप्रतिभा मध्यवर्ती महिला सामुदायिक उपभोक्ता समूहको कार्यक्षेत्रभित्र सामुदायिक पार्क निर्माण गर्ने उद्देश्य रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक अध्ययन, योजना निर्माण तथा सहकार्यको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। स्थानीय स्तरमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र आन्तरिक पर्यटन विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित पार्क निर्माणको सोच अघि सारिएको उहाँको भनाइ छ।
समूहका पदाधिकारीहरूले यस्ता अवलोकन भ्रमणले क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामुदायिक योजना निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै नमुना पार्क निर्माण गर्ने तयारी स्वरूप यो भ्रमण महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

Oplus_131072

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments