Friday, April 3, 2026
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथाकल्पना बस्नेत बाँकेकै उत्कृष्ट सहकारीकर्मी सम्मानित

कल्पना बस्नेत बाँकेकै उत्कृष्ट सहकारीकर्मी सम्मानित

बाँके, बैजनाथ । ६९ औँ राष्ट्रिय सहकारी दिवस २०८२ का अवसरमा ग्रामीण विद्युत बचत तथा ऋण सहकारी संस्था लिमिटेड की प्रवन्धक कल्पना बस्नेत बाँके जिल्लाकै उत्कृष्ट सहकारीकर्मीका रूपमा पुरस्कृत हुनुभएको छ।
उहाँलाई सहकारी क्षेत्रको विकास, पारदर्शी व्यवस्थापन तथा सदस्यको आर्थिक सशक्तीकरणमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै जिल्ला सहकारी संघ लि. बाँके ले सम्मान गरेको हो।
यस अवसरमा संस्थाका अध्यक्ष शेर बहादुर बस्नेतले कल्पना बस्नेतलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको इमानदारिता, लगनशीलता र कर्मप्रतिको समर्पणकै कारण यो उपलब्धि हासिल भएको बताउनुभयो। “उहाँको सफलताले सम्पूर्ण संस्था परिवारलाई गौरवान्वित बनाएको छ,” अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्दै सहकारी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो। साथै पुरस्कृत गर्ने जिल्ला सहकारी संघ लि. बाँके परिवारप्रति धन्यवाद तथा आभार प्रकट गरिएको छ।
सहकारी अभियानलाई सशक्त बनाउने उद्देश्यले मनाइने राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रदान गरिएको यो सम्मानले बाँके जिल्लाको सहकारी क्षेत्रमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments