Sunday, April 5, 2026
spot_imgspot_img
Homeसमाजअप्रेसन खर्च अभाव जिबन रक्षाको प्रतीक्षामा:शुसिला

अप्रेसन खर्च अभाव जिबन रक्षाको प्रतीक्षामा:शुसिला

बैजनाथ गाउँपालिका–३ रामनगर निवासी ७० वर्षीया शुसिला बादी यतिबेला नेपालगञ्जस्थित भेरी अस्पतालको हाडजोर्नी विभाग, बेड नम्बर १३ मा जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन्। विगत १८ वर्षदेखि एक्लै बस्दै आएकी उनी आर्थिक अभावका कारण आवश्यक उपचार गर्न नसक्दा थप पीडामा परेकी हुन्।
केही दिनअघि रातिको समयमा शौचालय जाँदा लडेर गम्भीर घाइते भएकी शुसिलाको कम्मरको हिप र देब्रे खुट्टा सुन्निएको छ। चिकित्सकले तत्काल हिप अप्रेसन गर्नुपर्ने सुझाव दिएका छन्। अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया गरिदिने व्यवस्था गरे पनि हिपमा राखिने रड (इम्प्लान्ट) भने बिरामी आफैंले खरिद गर्नुपर्ने बताइएको छ। तर आर्थिक अवस्था अत्यन्त कमजोर भएकी शुसिलासँग आवश्यक रकम नहुँदा उपचार प्रक्रिया अन्योलमा परेको छ।
शुसिलाको जीवन कथा निकै पीडादायी छ। उनी जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ खुर्पा निवासी हुन्। सानैमा आमाबुवासँग भारत गएकी उनी भारतमै आमाबुवाको मृत्यु भएपछि गाउँलेहरूको सहयोगमा बाँके फर्किएकी थिइन्। त्यसयता बैजनाथ–३ रामनगरमा बसोबास गर्दै छिमेकीहरूको घरमा सानोतिनो काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्। न त नजिकका आफन्त छन्, न स्थायी आम्दानीको स्रोत।
अहिले भने उनी अस्पतालको बेडमा असहाय अवस्थामा छिन्। बैजनाथ राष्ट्रिय दैनिकको जिरो रिपोर्टिङ टोलीसँग कुरा गर्दै उनले आफू बाँच्न चाहेको र उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन्।
स्थानीय तह, सामाजिक संघसंस्था, जनप्रतिनिधि, दातृ निकाय तथा सहयोगी मनहरूलाई शुसिलाको उपचारका लागि आर्थिक सहयोग जुटाइदिन आग्रह गरिएको छ। समयमै आवश्यक रड खरिद भई अप्रेसन सम्पन्न हुन सकेमा उनको जीवन बचाउन सकिने चिकित्सकहरूको भनाइ छ।
मानवता र सहानुभूति देखाउने यो उपयुक्त समय हो। एक्लै जीवन बिताइरहेकी वृद्धाको उपचारमा सबैले हातेमालो गरौं। उनी भेरी अस्पतालको हाडजोर्नी बिभाग बेड नम्बर १३ मा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments