बाँके: नयाँ पुस्ताको स्वाद र आधुनिक प्रस्तुतिसहित तयार गरिएको नयाँ सांगीतिक प्रस्तुति ‘नाचिदेउ माया’ सार्वजनिक गरिएको छ। आकर्षक दृश्य संयोजन, युवा कलाकारहरूको ऊर्जावान उपस्थिति र नृत्यमय शैलीको गीत सार्वजनिक गरिएको हो ।
गीतमा भक्त बिसी र पूर्णिमा लामाको स्वर रहेको छ । गीतको शब्द लेखन र म्युजिक पदमराज विश्वकर्माको रहेको छ । गीतको ऐरेन्ज बीबी अनुरागीको रहेको छ । गीतमा निर्देशक खत्रीसहित,सिर्जना रावत,पृथ्वी विक र धिरज खड्काको रहेको छ । गीतमा धिरज खड्काले खत्रीलाई निर्देशनमा साथ दिएका छन् । यसैगरी पृथ्वी विक र सिर्जना रावतको कोरियोग्राफी रहेको छ । रामु चौधरीको क्यामरा÷इडिट,मेकअप करिस्मा खत्री र सिर्जना रावतको रहेको छ । भिडियो कोहलपुरकै ई–स्क्वायर र हिल्स टपमा छायांकन गरिएको हो ।
गीतमा अभिनय गर्ने कलाकारहरूलाई स्टाइलिस तथा आकर्षक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी युवा पुस्तालाई लक्षित गरी तयार गरिएको यस गीतले प्रेम, रमाइलोपन र मनोरञ्जनलाई केन्द्रमा राखेको देखिन्छ। गीतकी निर्देशक कृष्णा खत्रीले केएस डान्स स्टुडियोको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको बताइन् ।
गीतको शीर्षकले नै झल्काएझैं ‘नाचिदेउ माया’ नृत्यप्रधान तथा मनोरञ्जनात्मक शैलीमा निर्माण गरिएको अनुमान गर्न सकिन्छ।
निर्देशक खत्रीका अनुसार, गीतमा आधुनिक संगीतको स्वादसँगै युवापुस्ताको भावना, स्टाइल र आकर्षणलाई समेट्ने प्रयास गरिएको छ। गीतको भिडियोमा रोमान्टिक र डान्स मूडलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।
सांगीतिक क्षेत्रमा नयाँ स्वाद खोजिरहेका दर्शकका लागि ‘नाचिदेउ माया’ एक आकर्षक प्रस्तुति बन्न सक्ने विश्वास निर्माण पक्षको छ।


