बाँके, बैजनाथ गाउँपालिका–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा सभापतिमा बिनोद सेतीमहर सर्वसम्मत रूपमा चयन भएका छन्।
नव-निर्वाचित सभापति महरले आफूलाई गरिमामय जिम्मेवारीमा चयन गरेकोमा सम्पूर्ण बैजनाथबासी दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। “तपाईंहरूले ममाथि गर्नुभएको विश्वासलाई सधैं कायम राख्नेछु र यसलाई कहिल्यै टुट्न दिनेछैन,” उनले प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा बाँके क्षेत्र नम्बर ३ बाट खगेन्द्र सुनार को चुनावी अभियानमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका महर बैजनाथका एक युवा सफल व्यवसायीका रूपमा समेत परिचित छन्।
अब वडा सभापतिको जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै उनले पार्टी संगठन सुदृढीकरण, युवा सहभागिता अभिवृद्धि र स्थानीय विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


