Saturday, April 11, 2026
spot_imgspot_img
Homeस्थानीयबोलेरोको ठक्करबाट २४ वर्षीय युवकको मृत्यु

बोलेरोको ठक्करबाट २४ वर्षीय युवकको मृत्यु

बाँके, बैजनाथ -बैजनाथ गाउँपालिका–३ नौवस्ता निवासी वर्ष २४ का अधिश कुमार थारुको सवारी दुर्घटनामा मृत्यु भएको छ।

शनिबार बिहान करिब ७:४५ बजे दैनिकी ज्यालादारी कामका लागि जाने क्रममा बानियाभार–सुतैयापुल नजिकै कर्णाली प्रदेश ०२००१ च १५७२ नम्बरको बोलेरो च्याम्बरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते थारुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

दुर्घटनामा संलग्न चालक गोरख बहादुर बुढा (३८) खत्याड गाउँपालिका–५, मुगु निवासी रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments