Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजस्वास्थ्यबाँकेका थप ४४ जना कोरोना मुक्त

बाँकेका थप ४४ जना कोरोना मुक्त

शुक्रबार बाँकेका थप ४४ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका २६ महिला र १८ पुरुष गरी ४४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक १८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार २३८ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा २४८ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ५२२ रहेको छ भने ३६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments