Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियहरायका DSP होटेलमा भेटिए

हरायका DSP होटेलमा भेटिए

 

गौरव दहाल / कैलाली १० मंसिर

प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीका डीएसपी भरतराज चौधरी सम्पर्क बिहीन भएको १२ घण्टा पछि फेला परेका छन् । उनी मंलगबार साँझ सात बजेदेखि डिउटीबाटै सम्पर्क बिहीन भएका थिए।

उनी सम्र्पक बिहीन भएपछि कैलाली र कञ्चनपुरको प्रहरी टोली उनको खोजीका लागि रातिदेखिनै परिचान भएका थिए । तर, डिउटीबाटै सम्पर्क बिहीन भएका उनी कैलालीकै बुढीतोलाको एक होटलमा बुधबार बिहान सात बजे प्रहरीले फेला पारेको हो । होटल अगाडी प्रहरीको मोटरसाईकल देखिपछि होटलमा चेक गर्दा उनी फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहलेसमेत उनी मंगलबार रातिदेखि सम्र्पक बिहीन भएको र खोजीको लागि प्रहरी परिचान गरिएको पुष्टि गरे । ‘डीएसपी चौधरी हिजो साँझ डिउटीमै हुँदापनि सम्पर्कमा नआएपछि उनी के कारणले सम्पर्कमा आउन सकेनन् भनेर हामीले खोजि गरेका हौँ ।

आज सम्र्पकमा आएका छन् । चौधरीले आफू नेटवर्कक नहुँदा सम्पर्कमा नआएको बताएका छन । तर, केही लापरबाहीका कारण डिउटीमा नआएको खुले कारवाही हुन्छ,’एसएसपी सिंहले भने । डिउटीमै रहेका बेला सम्र्पक बिहीन हुने सुरक्षा फौजमा गम्भीर कमजोरी मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments